निहारिका राजपुत प्रकरणका आरोपी शिवराज श्रेष्ठ पक्राउ

  निहारिका राजपुत प्रकरणका आरोपी शिवराज श्रेष्ठ पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय र धनुषा प्रहरीको संयुक्त टोलीले श्रेष्ठल...

 

निहारिका राजपुत प्रकरणका आरोपी शिवराज श्रेष्ठ पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय र धनुषा प्रहरीको संयुक्त टोलीले श्रेष्ठलाई धनुषाबाट पक्राउ गरेको हो ।

धनुषाकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी छन् । उनले आरोपी शिवराज श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् ।

प्रहरीले कुन अभियोगमा श्रेष्ठलाई पक्राउ गरेको हो खुलाएको छैन यद्यपि निहारिका राजपुतले डीएनए टेष्टको माग गरेको कारण उनलाई पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ।

No comments