रौनक यादव । भगवानपुर आजकल ठुलोनै चर्चाको विषय बनेको छ । डा. सि. के राउत सप्तरी जिल्ला को क्षेत्र नं: २ बाट चुनाव लडिरहेको छ । कुरा यता आउछ क...
आजकल ठुलोनै चर्चाको विषय बनेको छ । डा. सि. के राउत सप्तरी जिल्ला को क्षेत्र नं: २ बाट चुनाव लडिरहेको छ । कुरा यता आउछ के उपेन्द्र यादवको क्षेत्र मा सि. के . राउत जित हासिल गर्न सक्छ । उपेन्द्र यादव २०७४ को प्रतिनिधि सभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।तर फेरि कुरा यो पनि हो कि राउतको घर पनि यही क्षेत्रमा पर्छ। उनी सप्तरी-२ मा पर्ने महदेवा गाउँपालिका-२ का बासिन्दा हुन्। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा यो क्षेत्रका केही वडामा जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन्। स्थानीय चुनावबाट सप्तरीमा जनमत पार्टीको उपस्थित बलियो देखिएको छ। हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर र बलानबिहुल गाउँपालिकाको अध्यक्षमा पनि जनमत पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्। आगामी निर्वाचनमा सुशासन, सेवाप्रवाह र सामाजिक मुद्दालाई लिएर चुनावमा सहभागी हुने उनको भनाइ छ। “देशमा संघीयता आए पनि जनताले संघीयताको अनुभूति गर्न सकेका छैनन्, स्वायत्तता सहितको संघीयता हाम्रो मूल अजेन्डा हो,” राउतले भने जनतालाई अनुभूति हुने गरी संघीयता र लोकतन्त्रको अभ्यास गर्न आफू चुनाव लड्न लागेको उनको भनाइ छ।
No comments