सरकारले विद्यार्थी, अपाङ्गता भएका र जेष्ठ नागरिकलाई आरक्षण दिएर सार्वजनिक यातायातमा भाडा छुटको व्यवस्था गरेको धेरै वर्ष भईसकेता पनि राजधानी ...
सरकारले विद्यार्थी, अपाङ्गता भएका र जेष्ठ नागरिकलाई आरक्षण दिएर सार्वजनिक यातायातमा भाडा छुटको व्यवस्था गरेको धेरै वर्ष भईसकेता पनि राजधानी बाहेक अन्य क्षेत्रमा यसको प्रभावकारी कार्यन्वयन हुन सकेको छैन ।
नेपाल सरकारलेनै वि.स.२०६५ सालमै निर्णय गरि लागू हुँदै आएको विद्यार्थी परिचयपत्रको आधारमा भाडादरमा ४५% छुट र सरकारले ज्येष्ट नागरिकका लागि बनाएको निर्देशिका अनुसार ६० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकहरुका लागि दुईवटा सिट आरक्षण दिनुपर्ने उल्लेख छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा सबै भन्दा पहिले चढेका दुईजना ज्येष्ठ नागरिकलाई आरक्षण सिट र सहुलियतको ब्यवस्था गरिएको छ ।आरक्षण सीटमा बसेका दुईजनाले ६० वर्ष कटेको परिचयपत्र देखाएपछि भाडामा ५० प्रतिशत छुट पाउँछन् ।
विद्यार्थी हो भनेर परिचयपत्र देखाई भाडामा छुट माग्दा तपाई चढ्ने कलेज बसले पनि सित्तैमा बोक्दैन हामीसँग के भाडा छुट माग्नुहुन्छ भनेर सबैजसो सार्वजनिक सवारी साधनका सह चालकले हप्काउने गरेका छन् ।
No comments